उपियाँ ओली सरकार !

उपियाँ ओली सरकार !

-कृष्ण ज्ञवाली

म केपी ओली, नेपालमा छ मेरो सरकार, 
मेरो दुईओटा कान छ, तर म सुन्न सक्दिन । 
मेरो दुई आखाँ छन्, 
अरिङ्गाल  बाहेक अरुलाई देख्न सक्दिन। 

दुईतिहाईको सरकार, 
शरीर गले पनि मन दह्रो छ मेरो 
ओलीको छ सरकार, 
भ्रष्टचारको मुद्दा परे बचाउने जिम्मा मेरो। 

दम्भ छ त्यसैमा अरिङ्गालको सेनाप्रमुख म,
सुकुम्वासी विष्णुलाई बालुवाटार बेच्न दिने म। 

कुलमानले उज्यालो दिए, 
लुट्न नपाएका अरिङ्गालले हटाउन भने, 
प्रयास मेरो जारी छ त्यसमा तोक लगाईदिए,
जनमत लत्याई दुई तिहाईको बहुमत छदैछ, 
बामदेवलाई ठाडो आदेशमा नियुक्ति दिन मैले भने । 

मेरो लिला अपाम्पार छ, 
किड्नी फेर्न राज्य सम्पति लुटी उपचार म आफ्नो गर्छु । 
जनता मरुन भोकभोकै,
झलनाथलाई सर्प पाल्न करोडौँ दिन्छु । 
निउँ खोजे सजिलै छ, 
२/४ अरिङ्गालको बलि दिन्छु । 

चरीले छाडेर गएपनि, 
अरिङ्गाल दस्ता तयार छन् । 
सरकार विरोधी क्रियाकलाप गरे,
 उनीहरु सजिलै जाइलाग्छन् । 

नातावादको नसा चरम छ म मा,
 नजिकका लाई पहिले हेर्छु । 
आफैले मात्र खायो भन्छन भनि,
 प्रचण्ड देउवा सबैलाई भाग पुर्यौछु । 

प्रचण्डको परिवार,
सबैको चमत्कार,
१७ हजारको हत्या गरेको पार्टीले,
एमालेलाई गर्याे बलत्कार । 

कोरोना छ विश्वभर, 
मै डाक्टर र म नै सबथोक हुँ,
त्यसैले त म ओली सरकार,
कोरोना बोसिय तत्वभनि,
जनतालाई भने बेसार पानी उपचार । 

युवानेता योगेश भट्टराई,
यिनको हातमा थमाएको छु विमानस्थल। 
चार्टड प्लेनको नाममा जनतालाई लुट्छन् नडराई, 
सित्तैमा पठाउने ईतिहाद उद्दार ठाडै गरे क्यानसल। 

कामदारको विदेशको रेमिट्यान्सले देश चल्छ । 
उनीहरुको जीवनमा कोरोनाको विपत्ति छाँउदा, 
उद्दारको नाममा लुटतन्त्र छ, 
अनि ओली सरकार नतमस्तक छ । 

काठमाडौँ घर भई घरभाडा लिएका योगेश, 
ती कामदारका आशुले तिमीलाई नराम्ररी पोलोस् ।

छाडा बेल्ने गोकुलको बोली,
 नैतिकतामा आउँछ रे
७२ करोडको डिल गर्ने शैली,
 नैतिकता भएको नेता रे !

लुट्न सके लुट, 
अरिङ्गाललाई मात्र छ छुट । 
विदेशीएका अरिङ्गालले झुट बुझिसके, 
ओली सरकारको नाङ्गो नाच देखिसके।  

जनतालाई मार्न पनि,
मेरो सरकार लागेको छ । 
उनीहरु भोकै मरे पनि,
ओली सरकारलाई चईन छ । 

भरिया भोकै, ब्यापार बन्द भएपनि,
 कर उठाउन देश खोल्छु म । 
कर उठाइ, कोरोना बढाई, 
फेरी बन्द गर्छु म ।
जनता मरे वाल हो मलाई, 
भष्ट्रचारीलाई संरक्षण दिन्छु म । 

कमजोर विपक्ष छ देशमा, 
केही गर्ने हुती छैन् । 
देशमा अन्तराष्ट्रियकरण गर्न मिल्ने अपराध हुदा,
चुइक्क गर्ने कोही छैन् ।

प्रचण्ड परिवार पालेकै छु, 
देउवाको भागमा सासुको राजदुत पद दिएको छु । 
जावो जनता के नै गर्छन र, 
अरिङ्गाललाई जाईलग भन्दिएकै छु ।

जब जनता जाग्छन्, 
उनीहरु बाँच्छन् । 
कोरोना सार्छन,
म सम्म पुर्याउछन् । 

तलमाथी भई कोरोना लागे, 
मेरो ज्यानको ठेगान छैन् । 
रुदै सडकमा जनता हिडे, 
मेरो आँखाले देख्दैन ।

म इतिहासकै शक्तिशाली,
उखान भन्दै रेल ल्याए र नक्सा बनाए ।
पानी जहाज चलि सक्यो,
मुर्ख जनाता पङ्गु भए । 
राष्ट्रवादी देखाउन, 
नयाँ नक्सा जारी गरे । 

कार्यान्वयन गर्ने हुत्ति छैन, 
सबैले यसलाई बिर्से अरे । 
वास्तवमा, म हुँ केपी ओली र मेरो उपिया सरकार 
रगत चुस्छु जनताको, लिन्छु आनन्द म त्यसैमा । 
जताततै मेरा अरिंगाल, तिनीहरुले गर्छन मेरो जयजयकार 
यही सम्झदै कुनै दिन सुत्छु म चिर निद्रामा, 
अनि सबैतिरबाट सरापको बाणीले सलामी दिनेछ मिर्त्युसैयामा !!!

म केपी ओली, 
नेपालमा छ मेरो सरकार, 
अन्त्यमा सबैतिरबाट धिक्कारै धिक्कार !!!