पुर्वमन्त्री योगेश भट्टराईले मागे कमेडी च्याम्पियनमा भरतमणीलाई भोट

पुर्वमन्त्री योगेश भट्टराईले मागे कमेडी च्याम्पियनमा भरतमणीलाई भोट

काठमाडौं, १२ साउन । 
पूर्व संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले कमेडी च्याम्पियन्समा सहभागी भरतमणी पौडेललाई भोट मागेका छन् । 

च्याम्पियनको नजिक पुगेको रियालिटी शो ‘कमेडी च्याम्पियन २’ मा अब उपाधिका लागि ५ प्रतिस्पिर्धीहरु मात्र बाकी छन् । अहिले प्रतिष्पर्धिका लागि भोट माग्ने क्रम जारी रहेको छ ।

योगेशका जिल्लावासी समेत रहेका भरतमणी पौडेललाई जिताउनका भट्टराईले सामाजिक सञ्जालमा भोट मागेका हुन्। उनले भरतमणीलाई  ‘हास्यव्यंग्य क्षेत्रको उदाउँदो मणि’ उपनाम दिदै भोट मागेका छन् । 

भरतमणीका लागि भट्टराईले यसअघि नै व्याक्तिगत एक लाख रुपैयाँ पुरस्कारको घोषणा गरिसकेका छन् भने ताप्लेजुङका विभिन्न निकायबाट ६ लाख रुपैयाँ दिने घोषणा भएको छ ।

‘अहिले चर्चामा रहेको कमेडी रियालिटी शो कमेडी च्याम्पियन सिजन दुईका प्रतिस्पर्धीहरु सबै अब्बल छन् ।  त्यसमध्ये पनि भरतमणि पौडेलचाँहि मलाई हाँस्य ब्यंङग क्षेत्रको उदाउदो मणि जस्तो लाग्छ,’ योगेशले लेखेका छन्,   ‘कञ्चनजंघाको फेदमा, तमोर नदीको चिसो पानी खाँदै, पाथिभरा माताको छत्रछाँयामा हाम्रै गाउँ र घरमा हुर्केबढेका यी ताप्लेजुङे ठिटो हाम्रो प्रिय त छँदैछन्, त्यो भन्दा बढी यिनी प्रतिभाशाली छन् । त्यसैले कमेडी च्याम्पियनको ताज प्राप्त गर्ने यिनको दौडमा भोटमार्फत् होस्टेमा हैंसे गर्दा सबै नेपाली दिदिबहिनी तथा दाजुभाइले पनि आनन्दको अनुभूती गर्नुहुनेछ ।’ 

केही दिनअघि सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि आफ्नै क्षेत्रका प्रतिस्पर्धी विक्की अग्रवाललाई भोटिङका लागि पाँच लाख भारु सहयोग गरेका थिए ।

धेरै नेता देखी पूर्वराजा सम्मको क्यारिकेचर गरेर मन जितेका भरतमणी दोस्रो सिजनमा निकै चर्चामा रहेका प्रतिस्पर्धी समेत हुन् ।