मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको ओलीको स्वास्थ्य स्थिर : अस्पताल प्रशासन

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको ओलीको स्वास्थ्य स्थिर : अस्पताल प्रशासन

२१ फागुन, काठमाडौं । 
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

बुधवार (आज) त्रिवि शिक्षण अस्पतालमा भएको प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण पछि  स्वास्थ्य स्थिर अवस्थामा रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । उनका मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेका छन् भने प्रत्यारोपण गरको मिर्गाैलाले काम गर्न थालेको अस्पतालले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न शुरु गरी सकेको छ । र उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखि उपचारलाई निरन्तरता दिइने छ ।’

अस्पतालका अनुसार प्रधानमन्त्रीलाई एउटा मिर्गौला दन गरेकी समीक्षा संग्रौलाको अवस्था सामान्य रहेको छ ।