कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाउन दिल्ली सरकारको अनुमति

कन्हैया कुमारविरुद्ध देशद्रोहको मुद्दा चलाउन दिल्ली सरकारको अनुमति

१७ फागुन, एजेन्सी । 
अरविन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले जवाहरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्ष कन्हैयाकुमार विरुद्ध राजद्रोहको मुद्दा चलाउन सहमति दिएको छ ।

जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो। प्रहरीले कन्हैया कुमार, उमर खालिद, अनिर्बानका अलावा सात जनालाई अभियुक्त बनाउदै दिल्ली प्रहरीले मुद्दा दायर गरेको थियो।

केहीदिनअघि मात्र उन्रीहरुविरुद्ध मुद्धा चलाउन अनुमति दिन दिल्ली सरकारलाई आदेश दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट खारेज भएको थियो । तर दिल्ली सरकारले मुद्दा चलाउन अनुमति दिएपछि अब कन्हैकुमारसहित १० जनामाथि मुद्दा चलाउने बाटो खुलेको छ ।

दिल्ली सरकारले अनुमति दिएसँगै कन्हैयाकुमारसहित अरु आरोपीमाथि मुद्दा चल्ने निश्चित भएको छ । सन् २०१६ फेबु्रअरी ९ मा जवहारलाल नेहरु विश्वविद्यालयमा कथित रुपमा भारतविरोधी नारा लगाएको भिडियो सार्वजनिक भएपछि उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।

दिल्ली सरकारले राजद्रोहको मुद्दा दायर गर्न समहति दिएलगत्तै कन्हैयाकुमारले उक्त कदमप्रति व्यंग्य गर्दै केजरीवाल सरकार र प्रहरी प्रशासनलाई धन्यवाद दिएका छन् । उता,भाजपा दिल्लीका अध्यक्ष मनोज तिवारी लगायतले भने केजरीवाल सरकारको उक्त कदमको स्वागत गरेका छन् ।