सर्वसाधरणले ग्यास सञ्चित गर्न थालेपछि बजारमा ग्याँसको अभाव

सर्वसाधरणले ग्यास सञ्चित गर्न थालेपछि बजारमा ग्याँसको अभाव

२५ फागुन, काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको त्रासमा उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा ग्यासको अभाव देखिन थालेको छ। 

कोरोना भाइरसको प्रवाभले बजारमा ग्याँसको अभाव आउलाकी भन्ने डरले  एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गर्न थालेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्।

भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्।

बजारमा अस्वाभाभिक रूपमा आएको मागले अभाव सिर्जना गरको ब्यवसायी बताउछन् । यता नेपाल आयल निगम भने नियमित रूपमा अरु महिनाको तुलनामा बढी परिमाणमा ग्याँस आयात भइरहेकाले थुपार्न आवश्यक नभएको बताउछन् ।