भारतमा एकैदिनमा ४ लाख बढी सङ्क्रमित, ३५२३ जनाको मृत्यु

भारतमा एकैदिनमा ४ लाख बढी सङ्क्रमित, ३५२३ जनाको मृत्यु

काठमाडौं, १८ वैशाख ।  
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा २४ घण्टामा  चार लाखभन्दा बढी मानिस कोरोना सङ्क्रमित भएका छन् । पछिल्लो एक दिनमा भारतमा ४ लाख १ हजार ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको  हो ।  

कोरोनाभाइरसको महामारी सुरु भएदेखि  भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो । भारतमा अहिलेसम्म १ करोड ९१ लाख ६४ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ५६ लाख संक्रमणमुक्त भएका छन्। 

त्यसैगरी पछिल्लो एक दिनमा कोरोनाका कारण भारतमा ३ हजार ५२३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेकोे छ। योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने २ लाख ११ हजार ८ सय ५३ पुगेको छ । 

भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजारभन्दा बढी छ । 

पछिल्लो २४ घण्टामा भारतमा २ लाख ९९ हजार ९८८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म २८ करोड ८३ लाख ३७ हजार ३८५ जनाको कोरोना परीक्षण गरिएको छ ।