रहेनन् शब्दकोषकार वसन्तकुमार शर्मा

रहेनन् शब्दकोषकार वसन्तकुमार शर्मा

बैशाख ७, काठमाडौं । 
नेपालको सबैभन्दा ठूलो शब्दकोश नेपाली शब्दसागरका लेखक वसन्तकुमार शर्मा नेपालुको  ९७ वर्षको उमेरमा निधन भएको छ । 

लामो समयदेखि छातीको स‌ंक्रमणबाट अस्वस्थ्य नेपालको शनिबार चावहिलमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

नेपालको १ लाख ४१ हजार शब्दसहितको नेपाली शब्दसागरलगायत करिब एक दर्जन साहित्यिक कृतिहरु प्रकाशित छन् । 

संस्कृत साहित्यमा स्नातक र नेपालीमा स्नातकोत्तर गरेका नेपालले नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा पनि काम गरेका थिए ।

नेपाललका श्रीमती, चार छोरा र तीन छोरी छन् । नेपालको शनिबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।