सीटीईभीटीका प्रमाणपत्रमा अब क्यूआर कोड अनिवार्य, लागू

प्राविधिक सबै

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आजदेखि आफ्नो डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका सबै शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड अनिवार्य रूपमा समावेश गर्ने निर्णय लागू गरेको छ।

परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सार्वजनिक सूचना जारी गर्दै आईटीएमएस अनलाइन प्रणालीमार्फत जारी हुने डिप्लोमा/प्रमाणपत्र तहका ट्रान्सक्रिप्ट तथा प्रि–डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड राखिने जनाएको छ। परिषद्को अनुसार, क्यूआर कोड प्रणालीले प्रमाणपत्रहरूको विश्वसनीयता थप मजबूत हुने, जालसाजी नियन्त्रणमा आउने र प्रमाणीकरण प्रक्रिया झनै छिटो तथा पारदर्शी हुने अपेक्षा गरिएको छ।

सीटीईभीटीले शैक्षिक प्रमाणपत्रहरूको सुरक्षा तथा डिजिटल भेरिफिकेशन प्रवर्द्धन गर्ने उद्देश्यले क्यूआर कोडलाई अनिवार्य रूपमा लागू गरिएको स्पष्ट पारेको छ। यस परिवर्तनसहित विद्यार्थी, शिक्षा संस्था तथा प्रमाणपत्र प्रमाणीकरण गर्ने निकाय सबैलाई लाभ हुने परिषद्को दाबी छ।

यस सम्बन्धमा विस्तृत जानकारी परिषद्को आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *