विवाहमा आर्थिक संकट भोग्दै गरेको परिवारलाई मनिष यादवको सहयोग

अन्य सबै समाचार

सिराहा नगरपालिका वडा नं. १९ निवासी आर्थिक रूपमा कमजोर मनुहरा डोमको छोरीको विवाह कार्यक्रममा स्थानीय समाजसेवी मनिष कुमार यादव ले खाद्यान्न सामग्री सहयोग प्रदान गर्नुभएको छ।

आज बिहान बरातीहरूको खानपान व्यवस्थामा समस्या हुन सक्ने जानकारी प्राप्त भएपछि यादवले तुरुन्तै सहयोग गर्दै २ बोरा चामल, ५ केजी दाल, मसला तथा तेल उपलब्ध गराउनुभएको हो।

आर्थिक अभावका कारण विवाह व्यवस्थापनमा कठिनाइ भइरहेको अवस्थामा उक्त सहयोगले परिवारलाई राहत पुगेको बताएका छन्।

यादवले समाजमा आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा परेका परिवारहरूको साथमा उभिनु सबैको कर्तव्य भएको बताउँदै यस्ता सामाजिक कार्यमा आफू सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दाहरूले पनि यादवको यस सहयोगको प्रशंसा गर्दै यस्ता मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *