चित्रकार मनिषा साह: मिथिला चित्रकलाको परम्परा र नवप्रवर्तनबीचको सृजनात्मक यात्राको समर्पित पहिचान

जनकपुरधामको शान्त र सांस्कृतिक वातावरणमा हुर्किएकी चित्रकार मनिषा साह आजको दिनमा मिथिला चित्रकलाको पुनर्जागरणको एक सशक्त नाम बनिसकेकी छन्। परम्परागत मिथिला चित्रकलाको गहिरो अध्यायलाई नछोडी, आधुनिकताको रंग मिसाएर उनले जुन शैली र स्वरूप निर्माण गरिरहेकी छन्, त्यसले उनलाई केवल एक चित्रकारको सीमित परिधिमा नराखी एउटा सांस्कृतिक दूतको रूपमा उभ्याएको छ। उनको कलाले जनकपुरको माटो, मिथिलाको […]

Continue Reading

एकै दिनमा साढे ३८ अर्ब रूपैयाँको भुक्तानी !

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। […]

Continue Reading

अबदेखि सरकारी भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट हुने

काठमाडौं । सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिहरूलाई परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२\८३ को सुरु अर्थात साउन १ गतेदेखि नै यो व्यवस्था लागू गर्न निर्देशन दिएको छ । आर्थिक वर्ष २०८२\८३ को बजेट वक्तव्यको […]

Continue Reading

साफ यू–२० महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा भएको खेलमा घरेलु टोलीले जित दर्ता गराएको हो । खेलको पहिलो हाफमा बङ्गलादेशले २–० को अग्रता लिएको थियो। सिना जहान शिखाले १३औँ मिनेटमा र सागोरिकाले ३६औँ मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको […]

Continue Reading

बलिवुड फिल्म ‘उदयपुर फाईल्स’ नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको गुहार

भारतीय फिल्म ‘उदयपुर फाइल्स स् कन्हैयालाल टेलर मर्डर’लाई नेपालमा रिलिज नगर्न नेपालका मुस्लिम समुदायले सरकारसँग आग्रह गरेका छन् । मुस्लिम आयोग र चलचित्र विकास बोर्डमा पत्र लेख्दै उनीहरूले फिल्मले नेपालको शान्तिलाई हानी पुर्‍याउन सक्ने बताइएको छ । फिल्ममा पैगम्बर मोहम्मदको अपमान गरेको, मदरसा र मुस्लिम शिक्षक तथा मुस्लिम विद्यार्थीलाई बदनाम गरेको, हिन्दु(मुस्लिम दंगा देखाइएको जनाउँदै […]

Continue Reading

मधेश प्रदेशसभाको अवरोध हटाउन १४ सदस्यीय कार्यदल गठन

मधेश प्रदेशसभामा बजेटमाथिको अवरोध हटाउन ६ सदस्यीय कार्यदललाई संशोधन गरी १४ सदस्यीय कार्यदल गठन गरिएको छ। शनिबारको प्रदेशसभा बैठकमा प्रतिपक्षी सांसदहरूले सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीहरूको नाम समावेश भएको भन्दै अवरोध गरेपछि सहमति पश्चात् पुनः बसेको बैठकमा नयाँ कार्यदल गठन भएको हो। सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिएपछि उपसभामुख बबिता राउत […]

Continue Reading

आज विश्व जनसङ्ख्या दिवस

काठमाडौँ, २७ असारः आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो […]

Continue Reading

कहाँ-कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा […]

Continue Reading

साउनमा भगवान शिवलाई किन चढाइन्छ जल ?

काठमाडौँ- साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार, शिवरात्रि, प्रदोष र सोमबार व्रतका दिन भगवान शिवलाई जल अर्पण गर्दा धेरै फलदायी हुन्छ। भगवान शिवलाई जल अर्पण गर्ने नियम पनि छ, […]

Continue Reading

अभूतपूर्व तस्बिरबाट सूर्यबारे भित्री कुरा थाहा हुन सक्छ

युरोपेली अन्तरिक्ष एजेन्सीको सोलर आर्बिटर अन्तरिक्ष यानले खिचेको सूर्यको दक्षिणी ध्रुवको पहिलो भिडिओ तथा तस्बिर पृथ्वीमा प्राप्त भएको छ। नयाँ तस्बिरले वैज्ञानिकहरूलाई सूर्य कसरी तीव्र आँधी र शान्त समयबीच चक्कर लगाइरहन्छ भन्ने पत्ता लगाउन सहयोग गर्ने छ। सघन सौर्य गतिविधिले पृथ्वीसँगको स्याटलाइट सञ्चार प्रभावित हुन सक्छ र पृथ्वीमा पावर ग्रिडहरूमा पनि प्रभाव पर्न सक्छ त्यसैले […]

Continue Reading