विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर

काठमाडौँ । सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौ दिन मटकोर हुँदैछ । हिजो आइतबार चौथो दिन तिलकोत्सव भएको छ । आइतबार राममन्दिरको प्राङ्गणमा तिलकोत्सव विधि गरिएको हो । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत तिलकोत्सव मनाइएको हो । जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन […]

Continue Reading

काठमाडौंमा मिथिला संस्कृतिको आधुनिक स्वरूप प्रस्तुत गर्ने एकल कला प्रदर्शनी सुरु

काठमाडौं। मिथिला कलालाई आधुनिक व्याख्यासहित नयाँ स्तरमा स्थापित गर्ने उद्देश्यले कलाकार मनिषा शाहको “Modern Echoes of Mithila Tradition” शीर्षकको एकल कला प्रदर्शनी काठमाडौंमा आयोजना हुने भएको छ। उनीद्वारा सिर्जित मिथिला कलाका परम्परागत रूपांकन र आधुनिक दृष्टिकोणको संयोजन दर्शाउने कृतिहरू प्रदर्शनीमा प्रदर्शन गरिने छन्। आयोजक काठमाडौं आर्ट हाउसका अनुसार प्रदर्शनी आगामी कार्तिक २९, (शनिबार) साँझ ४ […]

Continue Reading

नवराजपुर रेडक्रस र मातृभूमि युवा समाज नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न!

नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। ११२ भन्दा बढीले गराए स्वास्थ्य जाँच, सभापति नवीन यादवको नेतृत्वमा सफल जनसेवा अभियान। उक्त शिविर नवराजपुर गाउँपालिका–स्थित जगतपुरमा सम्पन्न भएको हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा […]

Continue Reading

इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको पहलमा विपन्नलाई सहयोग

काठमाडौं — खोटाङको धार्मिक एवं पर्यटकीय स्थल हलेसी महादेव मन्दिर परिसरमा बसोबास गर्दै आएका घरविहिन र सहयोगापेक्षी व्यक्तिहरूलाई उदयपुरका दुई युवा व्यवसायीहरूले खाद्य सामग्री सहयोग गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका निवासी युवा व्यवसायी लोकेश कट्वाल र बासु थापाले इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको समन्वय र पहलमा सो सहयोग गरेका हुन्। सहयोग प्राप्त गर्नेहरूमा […]

Continue Reading

मिथिला कला सांस्कृतिक दूत, मनिषा साह यादव ‘अनलाइनखबर ४० अन्डर ४०’ मा सम्मानित

काठमाडौँ । मधेश प्रदेशको सर्लाही जिल्ला, हरिपुरबा नगरपालिका – ६ निवासी प्रख्यात मिथिला कलाकार मनिषा साह यादव प्रतिष्ठित ‘अनलाइनखबर ४० अन्डर ४०’ सूचीमा स्थान बनाउन सफल भएकी छन्। अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक गरेको उक्त सूचीमा ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको नाम समावेश गरिएको हो, जसमा यादवको नाम मोडर्न मिथिला आर्ट […]

Continue Reading

सिरहा प्रादेशिक अस्पतालमा अन्धकारको उपचार : अध्यक्ष सोहेन्द्र यादवको नेतृत्वमा बढ्दो अव्यवस्था र जनताको आक्रोश

सिरहा – प्रादेशिक अस्पताल सिरहामा चरम लापरवाहीका कारण बत्ती नहुँदा बिरामीहरूको उपचार अन्धकारमै गर्नुपर्ने अवस्था आएको छ। विद्युत आपूर्तिमा समस्या आए पनि वैकल्पिक व्यवस्था (जेनेरेटर वा इनभर्टर) तेल नहुँदा अस्पतालमा आउने आपतकालीन बिरामी समेत प्रकाशको अभावमा उपचार नै नपाउन बाध्य भएका छन्। अस्पतालका सेवाग्राहीहरूको गुनासो अनुसार, यस्ता आधारभूत सुविधा अभाव हुनुको मुख्य कारण अस्पताल व्यवस्थापनको […]

Continue Reading

नेपाली नागरिकले एक पटक नाम, थर र जन्मदर्ता सच्याउन पाउने

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो । राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि […]

Continue Reading

सरकारले बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै माइतीघरमा बिनुको आमरण अनशन

काठमाडौं । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी, सिउँदोमा सिन्दुर र घाँटीमा रातो पोते लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र […]

Continue Reading

५ वर्षे सवारी अनुमतिपत्र लाइसेन्सको बहाल अवधि १० वर्ष पुग्यो

काठमाडौं । सरकारले सवारीसाधन सञ्चालन अनुमतिपत्र (लाइसेन्स)को अवधि संशोधन गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै १० वर्ष कायम गरेको हो । यसअघि लाइसेन्सको अवधि ५ वर्ष मात्र रहँदै आएको छ । उक्त अवधि सकिएपछि चालकहरुले पुनः नवीकरण गर्दै आएकामा अबदेखि भने १० वर्षसम्म अवधि राखिएको हो । ‘उक्त ऐनको […]

Continue Reading

काठमाडौंको माइतीघरमा डिप बोरिङ समस्याको समाधान होइन भन्दै युवाहरूको प्रदर्शन

काठमाडौं । सरकारले मधेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरेपनि दिर्घकालीन योजना नल्याएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर संघ सरकार र प्रदेश सरकार डिप बोरिङ गाड्ने जस्ता अल्पकालीन योजनामा लागेको भन्दै युवाहरुले आक्रोश पोखेका छन् । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ जस्ता नारा लगाउँदै मधेशका युवाहरु […]

Continue Reading