सरकारले बहुविवाहको कानुन ल्याउन लागेको भन्‍दै माइतीघरमा बिनुको आमरण अनशन

अन्य सबै समाचार

काठमाडौं । सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् ।

आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी, सिउँदोमा सिन्दुर र घाँटीमा रातो पोते लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी बहुविवाह गर्न पाउने कानुन ल्याउने सरकारको तयारीप्रति विरोध जनाउँदै सडकमा अनशनमा बसेकी हुन् । यसअघि उनी पटक–पटक माइतीघरमा अनशन बसिसकेकी छिन् ।

आफ्नै प्रेमिबाट बलात्कृत भएको उजुरी लिएर उनी २०७५ वैशाख २९ गते कालिमाटीस्थित प्रहरी कार्यालय पुगेकी थिइन् । त्यहाँबाट सुरु भएको उनको न्याय यात्रा अझै टुंगिएको छैन । २०७६ मंसिर २५ गते भद्रकाली मन्दिरमा प्रदीप र बिनुको विवाह भएको थियो । त्यसपछि रामेछापस्थित श्रीमानको घर गएपछि उनीमाथि निरन्तर हिंसा भएको बिनुको भनाइ छ । उनी सुनाउँछिन्, ‘जर्बजस्ती गर्भपतनसमेत गर्न लगाए, मेरा हातखुट्टा बाँधेर जबर्जस्ती गर्भपतनको औषधि समेत खुवाए ।’

घरेलु हिंसा असह्य भइरहँदा काका ससुरा नाता पर्ने पवन कठायतले नै आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको उनको भनाइ छ । २०७७ असोज ७ गते बिनुविरुद्ध श्रीमान्‌ प्रदीपले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेका थिए । २०७९ वैशाख ७ गते रामेछाप जिल्ला अदालतका न्यायाधीश बद्रिप्रसाद ओलीको इजलासले सम्बन्ध विच्छेद हुने फैसला गरेका थिए ।

फैसलाको दिन बिनुले अदालतमै विष पिएकी थिइन् । काका ससुराले आफूमाथि जर्बजस्ती करणीको प्रयास गरेको भन्दै अदालत पुगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *