नेपाली नागरिकले एक पटक नाम, थर र जन्मदर्ता सच्याउन पाउने

अन्य सबै

काठमाडौं । व्यक्तिगत घटना विवरण नमिलेर झन्झट व्यहोरिरहेका नेपाली नागरिकले अब भने राहत पाउने भएका छन् । राज्यले केही नेपाल ऐनलाई संशोधन गर्दै अब व्यक्तिगत घटना विवरण सच्याउन मिल्ने बनाएको हो ।

राष्ट्रिय परिचयपत्र तथ पञ्जिकरण ऐन २०७६ मा बालबालिकाको जन्मदर्ता एक वर्षभित्रमा सच्याउन मिल्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था पनि २०७६ सालभन्दा पछि जन्मिएका बच्चाहरूका हकमा मात्रै लागू थियो । त्यसो हुँदा जन्म दर्ता गरेर पनि त्यसपछिका कागजपत्र नबनाइदिनेहरूका सन्तानले दुःख पाएका थिए ।

त्यही अप्ठ्यारोलाई फुकाउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ऐन संशोधनको प्रक्रिया अघि बढाएको थियो । अब संशोधित ऐनअनुसार एकपटकका लागि भने त्यो मौका मिलेको हो । कुनै व्यक्तिगत घटना दर्ताको विवरणमा उल्लेखित नाम, थर, उमेर वा अन्य विवरण सच्याउनुपरेमा सम्बन्धित व्यक्तिले एकपटक स्थानीय पञ्जाधिकारीको कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ ।

अब गृह मन्त्रालयले ढाँचासहितको नियमावली तयार पारेपछि सोहीअनुसार स्थानीय तहमा निवेदन दिन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *