रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय

काडमाडौं । रुसको कामचट्का र कुरिल टापुमा शक्तिशाली भूकम्प गएको छ ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेट)का अनुसार कामचट्का क्षेत्रमा ६.८ र कुरिल टापुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि बिहीबार (जुलाई ३१) मा रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो । जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो ।

उक्त भूकम्पले रुससहित जापान, अमेरिका, चीनसहित धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको थियो । तर त्यस भूकम्पले केही घर भत्किए पनि अन्य क्षतिको खबर अहिलेसम्म आएको छैन् ।

आजको भूकम्पले पनि अहिलेसम्म कुनै क्षति भएको कुरा आइसकेको छैन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *