सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत

राजनीति सबै

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् ।

सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झण्डासहित खादामाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

सो क्रममा उनीहरूले पार्टी अध्यक्ष ओलीलाई सांकेतिक रुपमा कलम हस्तान्तरण गरेका थिए । कमल एकीकृत समाजवादीको चुनाव चिन्ह थियो । सो क्रममा केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत पनि एमालेमा समाहित भएका छन् ।

त्यस्तै अन्य पार्टी सदस्यहरू केदार प्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सन्जिव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्तीमगर लगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *