यू–१६ इस्ट जोन कप विजेता टोलीलाई क्यानले नगद पुरस्कार प्रदान गर्ने

खेलकुद

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्यान प्रवक्ता छुम्बी लामाको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ, ‘मलेसियामा संचालन भएको एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गरी विजयी हुन सफल नेपाली यु–१६ राष्ट्रिय पुरुष क्रिकेट टोलीमा समावेश खेलाडी तथा अफिसियलहरुलाई जनही पचास हजारका दरले हौसला स्वरुप पुरस्कार रकम उपलब्ध गराउने निर्णय भएको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

नेपालसहित पूर्वी एसियाका भुटान, इन्डोनेसिया, हङकङ, जापान, माल्दिभ्स, म्यानमार, मलेसिया, थाइल्यान्ड र सिंगापुर सहभागी उक्त प्रतियोगिता २० जुनदेखि ५ जुलाईसम्म मलेसियामा सम्पन्न भएको थियो । नेपालले फाइनलमा सिंगापुरलाई हराएर उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *