काठमाडौँ- नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा वामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।
संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना वामपन्थी दल र संगठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।
इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भएपछि नेपालका वामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।
आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः
– नेकपा (माओवादी केन्द्र)
– नेकपा (एकीकृत समाजवादी)
– राष्ट्रिय जनमोर्चा, नेपाल
– नेकपा (मसाल)
– नेपाल कम्युनिस्ट पार्टी
– क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल
– नेकपा
– नेकपा (बहुमत)
– नेपाल समाजवादी पार्टी
– जसपा
– देशभक्त समाजवादी स्कुल
– राजनीतिक सम्वाद अभियान
