काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष बन्नकै लागि आफू नेकपा एमालेको राजनीतिमा फर्किएको बताएकी छन् ।
पत्रकार जगदीश खरेललाई दिएको अन्तर्वार्तामा उनले प्रस्टसँग आफू एमालेको नेतृत्व गर्नकै लागि सक्रिय राजनीतिमा आएको बताएकी हुन् ।
पत्रकार खरेल भन्छन्, ‘मैले के बुझेँ भने विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा पुनः फर्किनु भनेको अब पार्टीलाई नेतृत्व दिनका लागि हो, अध्यक्षका रूपमा ?’
जवाफमा भण्डारी भन्छिन्, ‘एकदम, त्यसमा त कुनै सन्देह छ र ?’
