विपिनकी आमा र बहिनीले भेटे इजरायली राष्ट्रपति

प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका कञ्चनुपरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् । विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्‍मा र बहिनी पुष्पाले राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । […]

Continue Reading

नाडा अटोमोवाइल्स् शो २०२५ प्रधानमन्त्रीद्वारा उद्घाटन् हुने

काठमाडौं । आगामी भदौ ३ देखि काठमाडौंमा हुने नाडा अटोमोवाइल्स् शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग आइतबार भेट गरेको थियो । सोही टोलीले भदौ ३ देखि ८ गतेसम्म हुने शोको उद्घाटन गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीले उक्त प्रस्तावलाई स्वीकार गरेको […]

Continue Reading

रूस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकामा भेट्दै शक्तिशाली राष्ट्रका सरकार प्रमुख

काठमाडौँ । रूस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि सोमबार अमेरिकामा शक्ति राष्ट्रका उच्च नेताहरू सम्मिलित बैठक बस्दैछ । अमेरिका र युक्रेनका राष्ट्रपतिबीच मात्र वार्ता हुने भनिएकोमा अब त्यो शिखर शीर्षस्थ संवादका रूपमा अघि बढ्ने छ । युद्धरत एउटा पक्ष रूसको सहभागिता भने यो बैठकमा हुने छैन । अमेरिकाको राष्ट्रपतिको चुनावी अभियानका क्रममा र आफू दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित […]

Continue Reading

टप इन्ड सिरिजमा नेपालको लगातार तेस्रो हार

काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । मेलबर्न स्टार्स एकेडेमीविरुद्धको खेलमा १७६ रनको लक्ष्य पछ्याएको नेपाल १४४ रनमै रोकियो । मेलबर्नले टस हारेर पहिले ब्याटिङ रोज्यो । २ रनमै पहिलो विकेट गुमाए पनि थोमस रोगर्स र ब्लेक म्याकडोनाल्डले दोस्रो विकेटका लागि विष्फोटक गतिमा शतकीय साझेदारी गर्दै टीमलाई विशाल योगफलतर्फ […]

Continue Reading

सिरहामा १७ किलो गाँजासहित एक जना पक्राउ

सिरहा प्रहरीले १७ किलोग्राम गाँजासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार २०८२ साल साउन ३१ गते राति करिब १ः३० बजे सिरहा नवराजपुर गाउँपालिका–५, कुसण्डी नजिकै पैदल भारततर्फ लागुऔषध बोकी जाँदै गरेको अवस्थामा एक व्यक्तिलाई पक्राउ गरिएको हो। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी र सशस्त्र प्रहरी बल बिओपी नवराजपुरको संयुक्त टोलीले चेकजाँच गर्ने […]

Continue Reading

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिस्रीले राष्ट्रपति कार्यालय, शीतल निवास पुगेर पौडेलसँग भेट गरेका हुन् । भारतीय दूतावासले सचिव मिस्रीले पौडेललाई भेटेर भारतीय नेतृत्वको तर्फबाट शुभकामना व्यक्त गरेको उल्लेख गरेको छ । त्यस्तै दुई पक्षीय सम्बन्धमा भएको […]

Continue Reading

प्रधानमन्त्री ओली र मोदीबीच बिहारको बोधगयामा भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहारमा भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने तय भइसकेको छ। मोदीसँग बिहारको बोधगयामा भेटवार्ता हुने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। बोधगया बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो। २०८१ असार ३० […]

Continue Reading

इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको पहलमा विपन्नलाई सहयोग

काठमाडौं — खोटाङको धार्मिक एवं पर्यटकीय स्थल हलेसी महादेव मन्दिर परिसरमा बसोबास गर्दै आएका घरविहिन र सहयोगापेक्षी व्यक्तिहरूलाई उदयपुरका दुई युवा व्यवसायीहरूले खाद्य सामग्री सहयोग गरेका छन्। उदयपुरको त्रियुगा नगरपालिका निवासी युवा व्यवसायी लोकेश कट्वाल र बासु थापाले इलाका प्रहरी कार्यालय हलेसीका इन्चार्ज हेमन्त राईको समन्वय र पहलमा सो सहयोग गरेका हुन्। सहयोग प्राप्त गर्नेहरूमा […]

Continue Reading

मिथिला कला सांस्कृतिक दूत, मनिषा साह यादव ‘अनलाइनखबर ४० अन्डर ४०’ मा सम्मानित

काठमाडौँ । मधेश प्रदेशको सर्लाही जिल्ला, हरिपुरबा नगरपालिका – ६ निवासी प्रख्यात मिथिला कलाकार मनिषा साह यादव प्रतिष्ठित ‘अनलाइनखबर ४० अन्डर ४०’ सूचीमा स्थान बनाउन सफल भएकी छन्। अनलाइनखबरले अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा सोमबार सार्वजनिक गरेको उक्त सूचीमा ४० वर्षमुनिका ४० प्रभावशाली युवाहरूको नाम समावेश गरिएको हो, जसमा यादवको नाम मोडर्न मिथिला आर्ट […]

Continue Reading

सिरहा प्रादेशिक अस्पतालमा अन्धकारको उपचार : अध्यक्ष सोहेन्द्र यादवको नेतृत्वमा बढ्दो अव्यवस्था र जनताको आक्रोश

सिरहा – प्रादेशिक अस्पताल सिरहामा चरम लापरवाहीका कारण बत्ती नहुँदा बिरामीहरूको उपचार अन्धकारमै गर्नुपर्ने अवस्था आएको छ। विद्युत आपूर्तिमा समस्या आए पनि वैकल्पिक व्यवस्था (जेनेरेटर वा इनभर्टर) तेल नहुँदा अस्पतालमा आउने आपतकालीन बिरामी समेत प्रकाशको अभावमा उपचार नै नपाउन बाध्य भएका छन्। अस्पतालका सेवाग्राहीहरूको गुनासो अनुसार, यस्ता आधारभूत सुविधा अभाव हुनुको मुख्य कारण अस्पताल व्यवस्थापनको […]

Continue Reading