सुजनको राजीनामा स्वीकृत, दीपक धामीले पाए अनेरास्ववियु अध्यक्षको जिम्मेवारी

काठमाडौँ । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । जेन जेड आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए । उपाध्यक्ष अञ्जना सिवाकोटीलाई महासचिव बनाउने र अरु पदाधिकारी […]

Continue Reading

नेपाल टेलिकमको खुद नाफा घट्यो, पहिलो त्रैमासमा १ अर्ब ३२ करोड कमाइ

मंसिर १, २०८२ काठमाडौं—  नेपाल टेलिकम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशत घटेर १ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीका […]

Continue Reading

सीटीईभीटीका प्रमाणपत्रमा अब क्यूआर कोड अनिवार्य, लागू

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आजदेखि आफ्नो डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका सबै शैक्षिक प्रमाणपत्रमा क्यूआर कोड अनिवार्य रूपमा समावेश गर्ने निर्णय लागू गरेको छ। परिषद्को परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले सार्वजनिक सूचना जारी गर्दै आईटीएमएस अनलाइन प्रणालीमार्फत जारी हुने डिप्लोमा/प्रमाणपत्र तहका ट्रान्सक्रिप्ट तथा प्रि–डिप्लोमा तहका मूल प्रमाणपत्रमा क्यूआर कोड राखिने […]

Continue Reading

काठमाडौंमा मिथिला संस्कृतिको आधुनिक स्वरूप प्रस्तुत गर्ने एकल कला प्रदर्शनी सुरु

काठमाडौं। मिथिला कलालाई आधुनिक व्याख्यासहित नयाँ स्तरमा स्थापित गर्ने उद्देश्यले कलाकार मनिषा शाहको “Modern Echoes of Mithila Tradition” शीर्षकको एकल कला प्रदर्शनी काठमाडौंमा आयोजना हुने भएको छ। उनीद्वारा सिर्जित मिथिला कलाका परम्परागत रूपांकन र आधुनिक दृष्टिकोणको संयोजन दर्शाउने कृतिहरू प्रदर्शनीमा प्रदर्शन गरिने छन्। आयोजक काठमाडौं आर्ट हाउसका अनुसार प्रदर्शनी आगामी कार्तिक २९, (शनिबार) साँझ ४ […]

Continue Reading

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ । नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त भएका छन्।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ३३ औं प्रहरी महानिरीक्षकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  कार्की हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।  

Continue Reading

सुरु भयो एमालेको घर फर्क अभियान, रामकुमारी र किसानसहितलाई ओलीले गरे स्वागत

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितको एकता प्रक्रियामा असहमति जनाएका विघटित नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरू नेकपा एमालेमा समाहित भएका छन् । सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा एमालेले आयोजना गरेको ‘घर फर्क अभियान राष्ट्रिय घोषणा सभा’ कार्यक्रममार्फत उनीहरू एमालेमा समाहित भएका हुन् । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको […]

Continue Reading

नवराजपुर रेडक्रस र मातृभूमि युवा समाज नेपालद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न!

नेपाल रेडक्रस सोसाइटी नेपाल उप-शाखा, नवराजपुरको आयोजनामा र मातृभूमि युवा समाज नेपालको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। ११२ भन्दा बढीले गराए स्वास्थ्य जाँच, सभापति नवीन यादवको नेतृत्वमा सफल जनसेवा अभियान। उक्त शिविर नवराजपुर गाउँपालिका–स्थित जगतपुरमा सम्पन्न भएको हो। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय समुदायमा […]

Continue Reading

रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनी मृतक फिर्ता

रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ । मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।” बदलामा युक्रेनले […]

Continue Reading

भारत, चीन, अमेरिका लगाएतको नेपालको परिवर्तनलाई समर्थन

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (असोज २) कूटनीतिक भेटवार्तामा व्यस्त भइन् । उनले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरिन् । नेपालका लागि चिनियाँ र अमेरिकी राजदूतले उनीसँग शिष्टाचार भेटवार्ता गरे । भारत र चीन छिमेकी राष्ट्र हुन् भने अमेरिका दुरीका हिसाबले केही टाढा भए पनि सम्बन्धमा भारत र चीनभन्दा पर […]

Continue Reading

अफगानिस्तान भूकम्पमा ८ सय बढीले ज्यान गुमाए, प्रत्येक घरमा १० जना सम्म घाइते

काठमाडौँ । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ८ सय जना बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर हजारौं जना घाइते भएका छन् । गम्भीर खडेरी, सहायता कटौती र भोकमरी संकट खेपिरहेको अफगानिस्तानमा अर्को विपत्ति थपिएको हाे । उद्धार प्रयास जारी रहेको छ भने हजारौं व्यक्तीहरुले खुला ठाउँमा […]

Continue Reading