भोटेकोशी बाढीले विस्थापित चार सय ८५ जनाको उद्धार

अन्य सबै समाचार

काठमाडौँ, असार २६ गते। भोटेकोशीमा आएको बाढीमा फसेका चार सय ८५ जनाको उद्धार भएको छ। असार २४ गते राति भोटेकोशीमा आएको बाढीका कारण पूर्ण रुपमा बन्द भएको स्याफ्रुबेशी र रसुवागढी सडकखण्ड सशस्त्र प्रहरीसहितको सुरक्षार्मीले अस्थायी पदमार्ग बनाएर अलपत्र परेका स्थानीयलाई उद्धार गरेको हो।

बिहीबार दिउँसोसम्ममा चार सय ८५ जनालाई उद्धार गरेर सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र प्रहरीका नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार भन्सार कार्यालय यार्डमा फसेका दुई वटा कन्टेनर र एक इभी गाडीलाई सुरक्षित स्थानमा सारिएको छ।

भोटेकोशी नदीमामा आएको बाढीले तीन सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका छन्। हालम्म चार जनाको शव फेला परेको छ। प्रहरीले अन्य पाँच वटा मानव अंग मात्र फेला परेको छ। फेला परेको शवमध्ये एक शवको मात्र पहिचान हुनसकेको छ। अन्य शव र मानव अंग त्रिवि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ।

तिब्बतको ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिदा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ। नेपाल–चीन भन्सार नाका जोड्ने बाटो अवरुद्ध भएको छ। उक्त क्षेत्रमा विद्युतसमेत अवरुद्ध छ।

उद्धारको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधरण समेत खटिएका छन्। नेपाली ५० जना, चिनियाँ नागरिका एक जना भारतीय नागरिक चार गरेर ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको थियो।

त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिमा रहेका घरपरिवारका एक सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। विभिन्न निजी कम्पनीको हेलिकप्टरद्वारा असार २४ र २५ गते उनीलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको बाढीले ४२ वटा इभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर, एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसिन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ।

भन्सार क्षेत्रमा रहेको इभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडबक्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षती पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *