रुपन्देहीमा दुई साता निषेधाज्ञा अवधी थपियो

रुपन्देहीमा दुई साता निषेधाज्ञा अवधी थपियो
file photo

बुटवल, २९ वैशाख। 
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा रुपन्देहीमा दुई साता निषेधाज्ञाको अवधी थप गरेको छ । कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासनले थप गरेको निषेधाज्ञा  जेठ १३ गतेसम्म लागु हुने भएको छ । 

आज बसेको जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र  (डिसीसीएमसी)को बैठकले निषेधाज्ञा बढाउने सिफारिस गरेअनुसार निषेधाज्ञा थप भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिए । 

अत्यावश्क सेवा वाहेक जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।

यसअघि डीसीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकले जारी गरेको निषेधाज्ञा बैशाख ३० गते बिहान ६ बजेसम्मका लागि रहेको थियो ।

अहिले रुपन्देही जिल्लामा सात हजार दुई जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म तीन सय नौ जनाको मृत्यु भईसकेको छ ।