अभिनय करियरबाट लामो ब्रेक लिने योजनामा सामन्थाले

अभिनय करियरबाट लामो ब्रेक लिने  योजनामा सामन्थाले

७ पुस, काठमाडौं । 
केही महिनाअघि अभिनेत्री सामन्थाले इन्स्टाग्राममा आफूलाई वंशानुगत मायोसिटिस भएको पत्ता लागेको र आवश्यक उपचार भइरहेको बताएकी थिइन् । आफ्नो स्वास्थ्यमा सानो झट्का आएपछि अभिनेत्रीले कामबाट छोटो ब्रेक लिएकी थिइन् र यही कारण सामन्थाले आफ्नो फिल्म ‘यशोदा’ रिलिजअघि प्रमोशनमा सहभागी भएकी थिइनन्।

अहिले नायिका पुरानो दैनिक जीवनमा फर्किएकी छिन्  । उनी अहिले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को सुटिङमा व्यस्त छिन् । नयाँ चर्चा यो छ कि सामन्थाले आफ्नो अभिनय करियरबाट ठूलो ब्रेक लिने योजनामा छिन, उनी आफ्नो स्वास्थ्यलाई राम्रो बनाउनमा ध्यान केन्द्रित गर्ने भारतीय मिडियाले जनाएका छन्। 

भारतीय मिडियाका अनुसार सामन्थाले 'फैमिली म्यान २' बाट डेब्यू गरेपछि बलिउडमा केही फिल्महरूका लागि साइन अप गरेकी छिन्, तर अभिनेत्रीले अब लामो ब्रेक लिने योजना बनाएकाले फिल्म निर्माताहरूलाई प्रोजेक्टहरू ढिलाइ गर्न अनुरोध गरेको रिपोर्टहरू बताउँछन्। 

यद्यपि, सामन्थाका प्रतिनिधिले राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै यो अफवाहको खण्डन गर्दै अभिनेत्रीले भर्खर आराम गरिरहेको र 'कुशी' को सुटिङ पूरा गरेपछि छिट्टै वरुण धवनसँग आफ्नो बलिउड प्रोजेक्ट सुरु गर्ने दाबी गरेका छन्।

सामन्था भारतकी एक प्रख्यात अभिनेत्री हुन् र अन्तिम पटक फिल्म ‘यशोदा’ मा देखिएकी थिइन् । उनीसँग ‘शकुन्तलम’ र ‘कुशी’ फिल्म छन् ।