‘केजीएफ २’ अप्रिल १४ मै रिलिज हुने

‘केजीएफ २’ अप्रिल १४ मै रिलिज हुने

२५ पुस, काठमाडौं । 
भारतमा तीब्र गतिका ओमीक्रोन फैलिन थालेपछि अधिकांश दक्षिण भारतीय र बलिउडका चलचित्रको प्रदर्शन मिति पछाडी सरिरहेपनि  ‘केजीएफ २’ अप्रिल १४ मा रिलिज हुने भएको छ ।

दक्षिण भारतीय सुपरस्टार यशको मुख्य भूमिका रहेको चलचित्र ‘केजीएफ २’ का निर्माताले यो चलचित्रको प्रदर्शन मिति पछि नसार्ने बताएका छन् ।

शनिबार यशको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्रको नयाँ पोष्टरमा अप्रिल १४ लाई नै प्रदर्शन मिति उल्लेख गरिएको छ ।

‘केजीएफ’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेका कारण यसको दोस्रो श्रृङखलाले पनि विभिन्न रकर्ड कायम गर्ने अनुमान गरिएको छ ।