प्रकाश र शान्तिश्रीले ल्याए नयाँ गीत 'मन भुल्छ'

प्रकाश र शान्तिश्रीले ल्याए नयाँ गीत 'मन भुल्छ'

७ जेठ, काठमाडौं । 
गायक प्रकाश दूतराज र शान्तिश्री परियारको आवाजमा नयाँ गीत 'मन भुल्छ' सार्वजनिक गरिएको छ । चर्चित गीत ‘जाम भो माइली’पछि दूतराजले 'मन भुल्छ' ल्याएका हुन्।  

प्रकाशकै शब्द तथा संगीत रहेको यो गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा भने यसअघिकै भिडियोका पात्रहरुलाई समेटिएको छ । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘चोली मैलै भो’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’ चर्चित गीत हुन् । 

भिडियोमा प्रकाश दूतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, गीता ढुंगाना र रोशनी कार्कीको अभिनय देख्न सकिन्छ ।

गीतलाई मौसम हिमालीले भिडियोको निर्देशन गरेका हुन् ।