भाइरल समाचारवाली बनिन पलकी फूलकुमारी

भाइरल समाचारवाली बनिन पलकी फूलकुमारी

काठमाडौं, २ साउन । 
टिकटकमा समाचारवाली नामले भाइरल भएकी मोडल तथा समाचार वाचिका श्री पाण्डे र नायक तथा मोडल पल शाह अभिनित नयाँ म्युजिक भिडियो ‘फूलकुमारी’ सार्वजनिक भएको छ । 

डा।प्रकाश पौडेलको शब्द र राजनराज सिवाकोटीको स्वर तथा संगीत रहेको गीत ‘फूलकुमारी’ भिडियोमा श्री पाण्डे र पलको फिचर देख्न सकिन्छ ।

सरिन पोखरेलले निर्देशन रहेको गीतको भिडियो विकास दाहालको सम्पादन गरेका हुन ।

एसियन म्युजिक युट्युबबाट सार्वजनिक भएको भिडियामा पल र श्री को जोडीलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । 

https://www.youtube.com/watch?v=1A7AGG_C0HE&t=83s