'तिमी निष्ठुरी हौ' मा सुधिर र रोशनीको प्रेम वियोग

'तिमी निष्ठुरी हौ' मा सुधिर र रोशनीको प्रेम वियोग

ऐजेज्सी, २६ असार । 
गायक बेदु सारु मगर स्वरमा तिमी निष्ठुरी हौ बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ । 

गीतमा दुई प्रेमीको माया असफल भएको वेदना प्रस्तुत गरिएको छ ।

प्रेम जोडी बीचको बिछोडको कथा समेटिएको  भिडियोमा सुधिर श्रेष्ठ र रोशनी कार्कीले अभिनय गरेका छन् । 

यस गीतका लेखक गायक बेदु मगर र दिनेश सुवेदी हुन् भने  दिक्षित पौडेलले गीतलाई संगीत संयोजन गरेका हुन्।

सिता पोख्रेल प्रोड्युसर रहेको यस भिडियोलाई स्वोर्निम थापाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

भिडियोलाई  पवन सुस्लिङ्गले छायांकन र सम्पादन गरेका हुन्। 

गायक मगरको आधिकारिक च्यानल ‘बेदु सारु मगर’ मार्फत भिडियो सार्वजनिक गरिएको छ।  

गीत युट्युबमा हेर्न तलमा लिंकमा  थिच्नुहाेस् :

https://www.youtube.com/watch?v=cxtm0_pTqps