‘मेरी बास्सै’ मा फर्किइन् चम्सुरी

‘मेरी बास्सै’ मा फर्किइन् चम्सुरी

२ मंसिर, काठमाडौं । 
कलाकार पल्पसा डंगोल ‘चम्सुरी’  ‘मेरी बास्सै’ मा फर्किएकी छन् ।

आफु अभिनयमा फर्किएको डंगोलले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएकी छन् । उनले लेखेकी छन्, ‘आज बेलुका मेरी बास्सै हेर्नुहोला, म भेट्न आउँदैछु ।’

दुबै मृगौला फेल भएका कारण विगत ६ महिनादेखि अभिनयबाट टाढा रहेकी उनी केही दिन अगाडि अभिनयमा फर्किएकी हुन् । 

चम्सुरी अभिनयमा फर्किदा ‘मेरी बास्सै’ युनिटले छायाङ्कन सेटमा भव्य स्वागत समेत गरेको थियो । उनको मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी रहेको छ ।

करिब ५ वर्षदेखि डायलाइसिस गराइरहेकी पल्पसा ६ महिना अगाडि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । सोही समयदेखि उनी अभिनयबाट टाढा भएकी थिइन् ।