३ महिना पछि सार्वजनिक कार्यक्रममा देखिए ज्याक मा

३ महिना पछि सार्वजनिक कार्यक्रममा देखिए ज्याक मा
file photo

एजेन्सी, ७ माघ । 

करिब तीन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा एउटा भिडियो कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भए पछि अक्टोबर पछि पहिलो पटक सार्वजनिक भएका छन् ।

गत अक्टोबरमा ज्याक माले चीनको वितिय नियामक बारेमा आलोचना गर्दै अभिव्यक्ति दिएका थिए । त्यस पश्चात उनले स्थापना गरेको एन्ट कम्पनिको आइपीओ  नियामक कम्पनिले अन्तिम समयमा रोकिदिएको थियो । त्यसपछि ज्याक मा सार्वजनिक भएका थिएनन् ।

लामो समयसम्म पनि सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारलेनै उनलाइ बेपत्ता पारेको हुन सक्ने आशंका गरेका समाचारहरु प्रकाशित गरिएको थियो ।

चिनियाँ सञ्चारमाध्यमका ज्याक माले एक कार्यक्रममा भर्चुअल सम्बोधन गरेका थिए।