राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं, ३ भाद्र । 
राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

मंगलबार बेलुका स्वार्गरोहण भएका राष्ट्रकवि  घिमिरेको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो ।

विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ बजे निधन भएको थियो ।