त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा अर्काे सुचना नआउदासम्म स्थगित

त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षा अर्काे सुचना नआउदासम्म स्थगित

१३ वैशाख, काठमाडौं । 
बढ्दो कोभिड जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय परिषद् बोर्डको सोमबार बसेको बैठकले विश्वविद्यालयका सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

बढ्दो कोभिड-१९ का कारण मङ्गलबार (भोलिदेखि) सबै तहका परीक्षा स्थगित गरिएको हो । अहिले चलिरेका र आगामी परीक्षा मिति तोकिएका परीक्षाहरु पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको भए पनि त्रिभुवन विश्वविद्यालयले भने परीक्षा स्थगित गरेको थिएन । 

सोमबार पनि त्रिविका परीक्षाहरु जारी थिए ।