‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्यो, यसरी दिन सकिन्छ आवेदन

‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुल्यो, यसरी दिन सकिन्छ आवेदन
file photo

१६ मंसिर, काठमाडौं । 
युवाहरुको सौन्दर्य प्रतियोगिता  ‘मिष्टर नेपाल २०२२’ का लागि आवेदन खुलेको छ । प्रतियोगितको आयोजक रहेको नेक्स्ट मोडल्स नेपालले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुलेको जानकारी दिएको छ । 

प्रतियोगितामा विश्वका जुनैसुकै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका १८ वर्षदेखि ३२ वर्ष ननाघेका नेपाली नागरिकले मात्र प्रतियोगिताका लागि आवेदन दिनसक्ने आयोजकले जानकारी दिएको छ। 

प्रतियोगिताको अडिसन आगामी माघको दोस्रो सातादेखि सुरु हुँदैछ । यो वर्षबाट आयोजकले विभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२२’ मा सहभागिताको अवसरको साथै विभिन्न उपहार समेत हात पार्नेछन् ।  

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।

प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक पक्षले जनाएको छ ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता सन् २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।

यसरी दिन सकिन्छ आवेदन 

प्रतियोगितामा सहभागिताका लागि आवेदन फर्म नेक्स्ट मोडल्स नेपालको आधिकारिक वेभसाइट तथा इसेवाबाट समेत प्राप्त गर्न सकिनेछ ।