प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौं, २३ मंसिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको  सर्वदलीय बैठक आज बस्दै छ ।

आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्रदर्शन अत्याधिक बढिरहेका बेला नेकपा अध्यक्षसमेत रहेका ओलीले मंगलबार ११ बजेलाई सर्बदलीय बैठक बोलाएका हुन् ।

ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने, राजनीतिक दलहरूसँग वालुवाटारमा छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागी नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण भएको छ ।