सिके राउतसँगको सम्झौताको त्रुटीपुर्ण : भीम रावल

सिके राउतसँगको सम्झौताको त्रुटीपुर्ण  : भीम रावल
तस्विर सौजन्य : रिपब्लिका

२५ फागुन, काठमाडौं ।  

नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच भएको सम्झौताको भाषाप्रति आपत्ति जनाएका छन् ।

उनले सरकार र गठबन्धनका संयोजक सिके राउतबीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषा प्रयोग भएको भन्दै किन यस्तो गरियो भनी प्रश्न उठाएका हुन् ।

 नेता रावलले एक अन्तरवार्तामा समेत उक्त सम्झौताको विभिन्न बुदाँमा आपत्ती जनाउदै  रावलले भने "नेपालमा स्वतन्त्र मधेस भन्ने कहिले थियो ? म भन्न चाहान्छु यसको बारेका लाखौलाख नेपालीले प्रश्न उठाउनु पर्छ ।"

शुक्रबार ट्विटरमा नेता रावलले लेखेका छन्  ‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो रु देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’