पछिल्लो २४ घण्टामा छ हजार ६४८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा छ हजार ६४८ जना संक्रमणमुक्त

काठमाडौं, २ जेठ। 

पछिल्लो २४ घण्टामा देशभर  छ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

२४ घण्टामा देशभर सात हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणबाट सात हजार ३१६ र एन्टीजेन परीक्षण बाट ५२ जना गरी जम्मा सात हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। 

सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । 

हाल देशका विभिन्न स्थानमा  ७०१ जना क्वारेन्टाइनमा रहेका छन् ।