पछिल्लो २४ घण्टामा सात हजार ३६८ संक्रमित, १४५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा सात हजार ३६८ संक्रमित, १४५ जनाको मृत्यु

काठमाडौं, २ जेठ। 
पछिल्लो २४ घण्टामा देशभर सात हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा पीसीआर परीक्षणबाट सात हजार ३१६ र एन्टीजेन परीक्षण बाट ५२ जना गरी जम्मा सात हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। 

२४ घण्टामा छ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए । 

काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौंमा एक हजार ८८१ गरी जम्मा दुई हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।