अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भए: प्रधानमन्त्री ओली

अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भए: प्रधानमन्त्री ओली

काठमाडौं, २७ वैशाख । 
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको बताएका छन् । 

सोमबार दिउँसो दोस्रो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो विषम परिस्थितीमा कोभिडविरुद्धको औषधि लगायत उपचारका सामाग्रीहरुमा भएको भ्रष्टाचारको काम क्षम्य नहुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने कार्य भएको आरोप लगाएका छन्।  ‘मलाई अच्चम लाग्छ, हामी कोभिडविरुद्धको लडाइमा छौं । तर, कतिपय पक्षमा र कर्नरमा प्रधानमन्त्री र सरकारमाथि हिल्लो छ्याप्ने, कोभिडविरुद्धको औषधि खरिदमा भएका भ्रष्टाचारको नाममा कुरा उछाल्ने, हुँदै नभएका कनेक्सन अनुचित ढंगले खेदाउने खालका क्रियाकलाप भएको छ,’ प्रधानमन्त्रीले भने।


प्रधानमन्त्रीले हाम्रा चिन्तन, प्रयास, ध्यान र प्रयास जे कुरामा केन्द्रित हुनुपर्ने थियो त्यसमा केन्द्रित हुन नसकेको बताए । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता रहेको बताए । 

‘सरकार आफ्ना ध्यान कोभिड–१९ विरुद्धको लडाइमा केन्द्रित गर्न चाहेको थियो । विकासका प्रश्नहरुमा केन्द्रित गर्न चाहेको थियो । सामाजिक जनजीवनमा बढी क्षति र खलबलाहट हुन नपाओस्, अर्थतन्त्रमा प्रतिकुल असर न्यून गर्न सकियोस् यस कुरामा सरकार लाग्यो,’ प्रधानमन्त्री आलीले भने, ‘तर, सरकारले अनेक अप्ठ्यारा सामना गर्नुपर्यो।’