सांसद दिपक मनाङेले एन्फा कास्की अध्यक्षलाई झापड हाने

सांसद दिपक मनाङेले एन्फा कास्की अध्यक्षलाई झापड हाने

८ माघ, काठमाडौं । 
गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्कीका अध्यक्ष मिलन गुरुङलाई  हातपात गरेका छन्।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ ।

‘सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । हामीले दिन सक्दैनौं भनेपछि हातपात गरे ’ अध्यक्ष गुरुङले भने, ‘उहाँले म माथि जे जस्तो व्यवहार गरे पनि मैले सांसदको अपमान गर्न चाहिनँ । आज खेलको उद्घाटन भएकाले केही गरिनँ, अब कानूनी बाटो रोज्छु ।’

मनाङबाट खेल्न आएका खेलाडीलाई खान तथा बस्नको लागि पैसा दिनु त परको कुरा खेल्ने ग्राउण्डसमेत नदिएको आरोप लगाउँदै सांसद मनाङेले भने, ‘व्यवस्थापकलाई सम्झाउँदा समेत केही नलागेछि झापड हानेको हुँ ।’