दिल्लीका मुख्य अस्पतालमा अक्सिजनको हाहाकार

दिल्लीका मुख्य अस्पतालमा अक्सिजनको हाहाकार
तस्विर सौजन्य : Al Jazeera

वैशाख १०, ऐजेन्सी ।  

भारतको राजधानी नयाँदिल्लीका मुख्य अस्पतालमा कोरोना विरामीको लागि अतिआवश्यक अक्सिजनको हाहाकार भएको छ।

अहिले दिल्लीमा कोरोना संक्रमण तीब्र गतिमा फैलिरहेका कारण अस्पतालहरुमा भएका अक्सिजन केही घन्टाका लागि मात्रै आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा अक्सिजन नपाएर मर्नेहरुको संख्या दिनानुदिन बढ्दो छ।

अक्सिजन कुर्दाकुर्दै छट्पटाएर जीवन गुमाउनेहरुको कारुणिक दृश्य दिल्लीका धेरै अस्पताल परिसरमा देखिन थालेका छन्। अस्पतालका सघन उपचार कक्षका शैयाहरु ९९ प्रतिशत विरामीले भरिएका छन् । 

कोरोना संक्रमणको  दोस्रो लहरको सिकार भएको भारत विश्वमै सबैभन्दा बढी प्रभावित बनेको छ। भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने दैनिक मृत्युदर पनि विश्वमै भारतको सबैभन्दा उच्च छ ।

कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घन्टामा मात्रै २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ ।