कांग्रेस अदालतलाई दबाब र प्रभावमा पार्न चाहँदैन: अर्जुननरसिंह केसी

कांग्रेस अदालतलाई दबाब र प्रभावमा पार्न चाहँदैन: अर्जुननरसिंह केसी

काठमाडौं, ३ फागुन । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कांग्रेसले सम्मानीत सर्वोच्च अदालतलाई दबाब र प्रभावित पार्न नचाहेको बताएका छन् । 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा आज बसन्तपुर डबलीमा आयोजित विरोधसभामा नेता केसीले संविधानमा जे लेखिएको छ त्यही कुराको पालना होस् भन्ने पक्षमा कांग्रेस रहेको बताए। 

संविधानमा उल्लेखित धाराहरुको अनावश्यक व्याख्या गर्न हुँदैन भन्ने कांग्रेसको अडान रहेको उनले बताए । संविधानमा उल्लेख गरिएका धाराहरुलाई टेकेर अदालतले प्रतिनिधिसभा विघटनको मुद्दाको फैसला गर्नुपर्नेमा नेता केसीले जोड दिए । आफ्नो पार्टीले विरोधसभा र आन्दोलन गरेर अदालतलाई कुनै पनि हालतमा प्रभावित पार्न नखोजेको बताए । 

विधिको शासन, संविधानको रक्षा र लोकतन्त्रको रक्षाका निम्ति सधैँ लडिरहने कांग्रेसका लागि संविधानको रक्षा र आफ्नै पार्टीको विधानको रक्षा गर्नु अहिलेको मुख्य चुनौती भएको नेता केसीको बताए ।