चाम्सको 'बर एण्ड बधु' मा आवद्ध भईन् आँचल

चाम्सको 'बर एण्ड बधु' मा आवद्ध भईन् आँचल

१९ माघ, काठमाडौं 
नायिका आँचल शर्मा चलचित्र  ‘बर एन्ड बधु’ मा आवद्ध भएकी छन् । 

मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र  ‘बर एन्ड बधु’ मा आँचल शर्मा मुख्य भुमिकामा देखिने भएकी हुन् ।

कमेडी र लभ स्टोरी कथामा बन्ने वर एन्ड वधुको छायांकन फागुनको तेश्रो साताबाट सुरु हुने बताइएको छ । 

एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका अन्य कलाकार र प्राविधिक केही दिनमै एक कार्यक्रम मार्फत सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।