रवीन्द्र मिश्रको ‘विवेकशील साझा’ अब ‘साझा विवेकशील’

रवीन्द्र मिश्रको  ‘विवेकशील साझा’ अब ‘साझा विवेकशील’

बैशाख १४, काठमाडौं ।  
रवीन्द्र मिश्रको पार्टी विवेकशील साझा पार्टीले नाम परिवर्तन गर्ने निर्णय गरेको छ। 

विवेकशील साझा पार्टीको  शनिबार बसेको बैठकले विवेकशील साझा नाम परिवर्तन गर्दै 'साझा विवेकशील' नामकरण गर्ने निर्णय गरेको हो।

उज्वल थापा नेतृत्वको पार्टीको नाम पनि विवेकशील नै रहेकाले अन्यौल र भ्रम नरहोस् भन्नका लागि पार्टीको नाम परिवर्तन गरेको बताइएको छ।

प्रवक्ता सुर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा लेखिएको छ,‘हालैको समयमा पार्टीबाट छुट्टीएर गएका साथीहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेको हुँदा प्रेस तथा आमरुपमा देखिएको अन्यौल र भ्रम चिर्न, त्यसले सिर्जना गरेका प्राविधिक जटिलताहरुलाई सहज बनाउन र धेरै शुभेच्छुकहरुको अनुरोधलाई आत्मसाथ गर्न पार्टीले विवेकशील साझा पार्टीबाट नाम परिवर्तन गरी साझा विवेकशील पार्टी बनाएको छ ।’ 

पार्टी संयोजक रवीन्द्र मिश्रको अध्यक्षतामा वैशाख ११, १२ र १३ गते बसेको केन्द्रीय समितिको पूर्ण बैठकले जेठको १ गतेदेखि कम्तिमा तीन महिना वैकल्पिक राजनीतिको भरपर्दो संवाहक बन्न सक्ने पार्टी निर्माणका लागि आम सर्वसाधारणसँग खुल्ला अन्तर्कृया गर्न पार्टी नेतृत्व देशको यात्रामा निस्कने, भ्रष्टाचारले आक्रान्त समाजमा पार्टीले आउँदा दिनहरूमा आफ्ना गतिविधिलाई मूलतस् भ्रष्टाचार विरोधी अभियानमा केन्द्रीत गर्ने तथा  तल्लो तहदेखि केन्द्रीय नेतृत्वसम्म युवाहरूका लागि ४० प्रतिशत स्थान आरक्षण गर्ने लगायतका विभिन्न निर्णयहरू गरेको छ।