सलोन बस्नेतले ल्याए नेपाली सिरिज ‘हेल्लो ब्रो’

सलोन बस्नेतले ल्याए नेपाली सिरिज ‘हेल्लो ब्रो’

काठमाडौं, ८ साउन । 
कलाकार सलोन बस्नेतले नेपाली सिरिज ‘हेल्लो ब्रो’ बजारमा ल्याएका छन् । 

सलोन सलिना फिल्मस्को ब्यानरमा नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । 

यो सिरिजको कार्यकाती निर्मातामा नायक सलोन बस्नेत रहेका छन् । 

सुरेश न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, मनिषा ओझा, श्रृष्टी तिमिल्सिना, एलिस्टा सुवेदी, ओजस्वी थापा,  सन्तोष गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।

सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन रहेको सिरिजमा प्रशान्त सिवाकोटीले  संगीत दिएका छन् । 

सिरिजमा शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन रहेको छ भने बन्दे प्रसादको सम्पादन र शिशिर खाँतीको कोरियोग्राफी रहेको छ ।