कोरोनाका कारण रोकिएको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

कोरोनाका कारण रोकिएको ‘मुन्द्रेको कमेडी क्लब’ सोमबारदेखि प्रशारणमा आउने

काठमाडौं, ८ साउन । 
हास्य कलाकार जितु नेपाल(मुन्द्रे)ले चलाउदै आएको कमेडी शो  ‘मुन्द्रेको कमेडी क्लब’ आगामी सोमबारदेखि प्रशारणमा आउने भएको छ । 

कोरोना महामारीको दोस्रो लहर शुरु भएपछि रोकिएको  ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ भागको छायाँकन शुरु हुन लागेको कलाकार नेपालले जानकारी दिए। 

आगामी सोमबारदेखि शो लाई नयाँ भागसहित नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन शुरु गरिएको कार्यक्रमका निर्देशक समेत रहेका कलाकार  नेपालले जानकारी दिए । 

निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा  पुरानै भागहरु प्रसारण गर्नु परेकोमा आफु दुखी भएको नेपालले बताएका छन् । 

जितुले दर्शकको चाहनालाई मध्येनजर गर्दै कमेडी शो लाई अगाडी बढाउने बताएका छन् ।  

"हामीलाई विभिन्न कठिनाइहरु छन, कत्ति कुरा चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन। सानो देश छ, सानो व्यापार छ।त्यसमा पनि कोरोनाले सबै क्षेत्र थीलथीलो बनाएको छ," उनले भनेका छन्, "हामी जसोतसो अगाडि बढ्ने कोसिस गर्दै छौ।"