पुष्पन र एलिनाले ल्याए ‘ऐना हेरी हेरी’

पुष्पन र एलिनाले ल्याए ‘ऐना हेरी हेरी’

काठमाडौं, ७ साउन ।
गायक पुष्पन प्रधान र एलिना चौहानको स्वरमा रहेको  ‘ऐना हेरी हेरी’ बोलको गीत सार्वजनिक भएको छ ।
 एम ८ म्युजिक फ्याक्ट्री युट्टुब च्यानलबाट सार्वजनिक भएको अफिसियल म्युजिक भिडियोमा यो सामाग्री तयार पार्दा सम्म करिब साढे तीन लाख पटक हेरिएको छ । 

कोरोनाको महामारीको अफ्ठ्यारो अवस्थालाई गीतको भिडियोमा झल्काइएको छ । 

गीतमा भीम विसीको संगीत रहेको छ भने शिवराज योगीको शब्द रहेको छ ।

गीतमा मोडल आकाश कार्की र अनु काफ्लेले अभिनय गरेका छन् भने सविता अधिकारीको निर्माण तथा गम्भिर विष्टको निर्देशनमा तयार भएको हो।

सुवोल थापाको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोको  प्रविण भट्टले सम्पादन गरेका हुन्।
 

गीतमा मोडल आकाश र अनुको अभिनयमा दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन्।

https://www.youtube.com/watch?v=6vOBN-z5wZs