काठमाडौंमा साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ

काठमाडौंमा साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ

काठमाडौं, २८ फागुन ।
काठमाडौँ महानगरपालिका टुसाल–६ बौद्धबाट साढे दुई किलो युरेनियमसहित चारजना पक्राउ परेका छन् । 

बिहीबार पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । 

निषेधित पदार्थ यूरेनियमसहित रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ का प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी–४ का मनोज न्यौपानेलाई सार्वजनिक गरी आजै महानगरीय प्रहरी परिसरको हिरासतमा पठाइएको छ । 

अभियुक्तहरूमाथी थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।