‘ए मेरो हजुर ४’ प्रिमियरमा अनुराधा कोइरालादेखि नीर शाहसम्म

‘ए मेरो हजुर ४’ प्रिमियरमा अनुराधा कोइरालादेखि नीर शाहसम्म

१ वैशाख, काठमाडौं । 
चर्चा र आलोचनाका बीच नेपाली चलचित्र  ‘ए मेरो हजुर ४’ नयाँ वर्ष अर्थात आजबाट सिनेमा हलमा रिलिज भएको छ । 

अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा रहेको  ‘ए मेरो हजुर ४’ चलचित्र रिलिजको अघिल्लो दिन बुधबार साँझ निर्माण टिमले फिल्मको प्रिमियर शो को आयोजना गर्यो । 

काठमाडौंको बिग मुभिजमा आयोजित प्रिमियरमा नेपाली कला क्षेत्रमा आवद्ध थुप्रै कलाकर्मीको बाक्लो उपस्थिति रह्यो ।  प्रेम कथामा आधारित उक्त चलचित्रकको प्रिमियरमा समाजिक संस्थामा आवद्ध व्यक्तित्वहरुको पनि बाक्लो उपस्थिती रहेको थियो भने निर्माता, निर्देशक तथा पत्रकारको पनि बाक्लो उपस्थिती थियो।

चलचित्रको प्रिमियरमा समाजसेवी अनुराधा कोइराला देखि नीर शाह सम्मका व्यक्तित्वको उपस्थिती रहेको थियो । प्रिमियरमा सहभागी धेरैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् ।