मलिकाले छाडेपछि ‘सत्यम्’ मा उपासनाको इन्ट्री

मलिकाले छाडेपछि ‘सत्यम्’ मा उपासनाको इन्ट्री

काठमाडौं, २९ कार्तिक ।
अभिनेत्री तथा मोडल मलिका महतले हालै निर्माण हुन लागेको चलचित्र सत्यम बाट हात झिकेपछि उनको स्थान अभिनेत्री उपासना सिंह ठकुरीले लिएकी छन् ।

पल र मलिकाको चलचित्रमा समेत जोडीका रुपमा देखिने भएपछि घोषणादेखि नै उक्त चलचित्र चर्चामा रहेको थियो । 

फिल्ममा उपसनाको जोडी अभिनेता पल शाहसँग हुनेछ । फिल्ममा अभिनेता राजेश हमालको मुख्य भूमिका रहनेछ ।

चलचित्रका निर्माताका अनुसार ‘सत्यम’ का लागि पहिले उपासनालाई नै अफर गरिएको तर अर्को फिल्मको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिईनन् । 

पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि महतले फिल्म छाडेकी हुन् । 

फिल्ममा अनुपविक्रम शाही, अभय बराल र कृष्ण जोशीको अभिनय रहने छ । 

नवयुग सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्ममा रेशम सापकोटाको लेखन र निर्माता रहने छन् ।