समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु

समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु
तस्विर सौजन्य : kathmandupost

बैशाख २, सोलुखुम्बु
पासाङल्यामु गाउँपालिका-२ स्थित तेन्जिङ हिलारी बिमानस्थल लुक्लामा समिट एयरको नाइन एन ए एम एच् कलसाइनको विमान रनवेबाट टेकअफ गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर पार्किङ गरिरहेको मनाङ एयरको  नाइन एन ए एल सी कल साइनको हेलिकोप्टरसँग ठोक्किएर आइतबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी समिट एयरका को  पाइट सुदीप ढुङ्गाना र पर्यटक प्रहरी लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थालमै मृत्यु भएकाे हाे ।  गम्भीर घाइते भएका बिमानस्थल सुरक्षा गार्ड लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारको क्रममा ग्राण्डी अस्पताल काठमाडौंमा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका समिट एयरका पाइलट ४९ वर्षीय रबिनाथ रोकाय, मनाङ एयरको हेलिकोप्टरका क्याप्टेन चेतबहादुर गुरुङ, मनाङ एयरका स्टेसन मेनेजर ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरका कर्मचारी ५५ वर्षीय श्याङबुचे कार्कीको ग्राण्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।