नवलपरासीमा ट्रक र कार ठोक्किदा ५ जनाको मृत्यु

नवलपरासीमा ट्रक र कार ठोक्किदा ५ जनाको मृत्यु

असोज ७, नवलपरासी । 
पूर्व-पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत कावासोती ८ को खरकट्टा जंगलमा सोमबार राति सवा १० बजे पश्चिमबाट पुर्वतर्फ आउदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट जादै गरेको बा २१ च ६४०९ नम्बरको कार एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा कारमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार कार दुर्घटनामा मृत्युहुनेमा नवलपरासीको देबचुली नगरपालिका केउरेनीका ३५ वर्षीय पूर्णबहादुर बिक, २९ वर्षीयहिरा राना, ३१ वर्षीय दीपेश राना,दिलबहादुर ढेंगा मगर र कैलाली धनगढीका सुरज रानामगरको मृत्यु भएको हो।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।